पर्वत, जेठ-९, भारतले कोरोना भाइरसको नयाँ भेरियंटलाइ भारतीय भारतीय भेरियन्ट नभन्न अनुरोध गरेको छ सामाजिक संजालमा उल्लेख भएका सामग्रीहरुसमेत तत्काल हटाउन सामाजिक सञ्जाल कम्पनीहरुलाई निर्देशन दिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले बी. १. ६१७ नाम दिएकाले यसलाई भारतीय भेरियन्ट भनेर प्रचार गरिनु गलत भएकाले त्यस्ता सामग्री हटाउन फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जाललाई निर्देशन दिएको भारतको सूचना प्रविधि मन्त्रालयले जनाएको हो ।
कोरोना भाइरसका भेरियन्टहरु पहिलो पटक देखिएको ठाउँअनुसार यूके भेरियन्ट, ब्राजिलियन भेरियन्ट, भारतीय भेरियन्ट जस्ता नाममा चिनिँदै आएको छ । अघिल्लो महिना भारतले कोरोना महामारी नियन्त्रणलाई लिएर सरकारको आलोचना भएका सामग्री हटाउन सामाजिक सञ्जाललाई निर्देशन दिएपछि सरकारको आलोचना भएको थियो ।
यसैबीच भारतमा नयाँ सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । पछिल्लो २४ घण्टामा दुई लाख ४३ हजार सात सयमा सङ्क्रमण देखिएको र तीन हजार सात सय ८८ जनाको सङ्क्रमणका कारण ज्यान गएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
श्रोत: उज्यालो अनलाइन
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )