पर्वत, वैशाख-२५, पर्बतको जलाजलामा निषेधाज्ञा जारी गरिएको छ पछिल्लो समय जलाजला गाउँपालिकाको बेनी र मिलनचोक क्षेत्रमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेकोले सो क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।
संक्रमणको उच्च जोखिम रहेको भन्दै जलजला गाउँपालिकाको माझफाँट र मिलनचोक बजारमा पनि आगामी वैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी भएको छ । जलजलाको वडा न २, ३, ४ र वडा न ७ मा निषेधाज्ञा जारी भएको प्रशासन कार्यालयले जनाएको छ ।
त्यसैगरी जिल्ला प्रशासन कार्यालय पर्वतले कुश्मा बजारमा जारी गरेको निषेधाज्ञा थप एक हप्ताको लागी थपेको छ । प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले विज्ञप्ति जारी गर्दै पर्वतको सदरमुकाममा लगाइएको निषेधाज्ञा थप एक हप्ता जारी रहने जनाउनुभएको हो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )