म्याग्दी, बैशाख-१३, म्याग्दी बेनीको एक सामुदायिक मावि र निजि विद्यालयका शिक्षक र विद्यार्थीलाई कोरोना संक्रमण पुष्टी भएको छ । कोरोनासंग मिल्दो जुल्दो लक्षण रुघा र ज्वरो देखिएपछि बेनी अस्पतालमा एन्टिजेन्ट परीक्षण गर्दा दुई विद्यार्थी र एक शिक्षकमा संक्रमण पुष्टि भएको हो ।
सदरमुकाम बेनीस्थित बेनी सामुदायिक माविका एक शिक्षक र एक विद्यार्थी र न्यू वेष्ट प्वाइन्ट आवासीय माविका एक विद्यार्थी रहेको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । संक्रमित विद्यार्थी कन्ट्रयाक ट्रेसिंगमा परेको बताइएको छ ।
संक्रमितसँग घुलमिल भएका अन्य विद्यार्थीलाई घरपरिवारलाई निगरानीमा राख्नुपर्ने बताउदै विद्यालय कोरोना संक्रमणको जोखिममा रहेकोले जनस्वास्थ्यको मापदण्ड अनिवार्य प्रयोग गर्नुपर्ने लम्सालले बताउनुभयो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )