राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) जेठमा गर्ने भएको छ । एसईई बोर्डले नै गर्ने निर्णय भएको र प्रदेशको सहकार्यमा हुने बताइएको छ ।
अघिल्लो वर्ष एसईई विद्यालयलाई मूल्यांकन गर्न दिइएको थियो । तर, विद्यालयले जथाभावी नम्बर दिएपछि परीक्षा बोर्डले नै सञ्चालन गर्ने निर्णयमा सरकार पुगेको हो । ‘पोहोर विद्यालयले गर्दा धेरै गुनासो आयो । स्थानीय तहले पनि अहिले गर्ने स्थिति देखिएन । त्यसैले परीक्षा बोर्डले नै सञ्चालन गर्ने निर्णय भएको हो’, शिक्षा मन्त्रालयका सचिव गोपिनाथ मैनालीले भन्नुभयो ।
विद्याथीले पायक पर्ने ठाउँबाट पठनपाठन र एसईई दिन पाउने व्यवस्था मिलाइने भएको छ । पहिले जुन विद्यालयमा रजिस्टेसन भर्यो त्यहीँबाट जाँच दिने थियो । कोरोनाका कारण विद्यार्थी घरमा गएका छन् । नजिकको विद्यालयबाट पठनपाठन गरेको हुनसक्छ । त्यसलाई सहजीकरण गर्ने प्रावधान नियमावलीमा राखिएको छ मैनालीले बताउनु भयो ।
जेठको दोस्रो साताभित्र विद्यालय तहको पठनपाठन पूरा गरिने उनले उहाँको भनाइ छ । ‘कोभिडका कारण भदौसम्म कक्षा नै भएन । असोजदेखि वैकिल्पिक मोडमा गयौं । पहुँच भएको ठाउँमा राम्रो भयो तर सबै ठाउँमा प्रभावकारी भएन । १ माघदेखि सबै विद्यालय खुलेका छन् । पाठ्यभार समायोजन गरिएकाले जेठको दोस्रो हप्तासम्म पढाइ हुँदा कोर्स पूरा हुन्छ’, उहाँले भन्नु भयो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )