बीबीसी । बेलायतले सुरु गरेको कोभिड विरुद्धको खोप कार्यक्रममा पहिलो हप्ता १ लाख ३० हजारभन्दा धेरै मानिसले खोप लगाइसकेका छन् । खोप वितरणको जिम्मा लिएका मन्त्री नादिम जहवीले यस सम्बन्धी ट्विट गर्दै १ लाख ३७ हजार ८९७ नागरिकले ८–१५ डिसेम्बर सम्ममा अमेरिकी कम्पनी फाइजरको खोप लगाएको जानकारी दिएका हुन् ।
उनले यसलाई राम्रो सुरुवात बताएका छन् । सोमबारदेखि सुरु भएको यो कार्यक्रममा अहिले विभिन्न समुदायहरुमा खोप लगाइराखिएको छ । ती मध्येमा २०० स्थानीय खोप क्लिनिकहरु अर्को हप्ताको अन्त्यसम्म सञ्चालन भइरहने बताइएको छ । त्यसपछि अर्को १ हजार खोप क्लिनिक स्थापना गरिनेछ ।
सरकारले ५० वर्षभन्दा माथिको उमेरका र स्वास्थ्य समस्या भएका झन्डै २ करोड ५० लाख नागरिकहरुलाई पहिले खोप लगाउने लक्ष्य राखेको हुँदा यसलाई तिव्र रुपमा विस्तार गर्न आवश्यक भएको पनि बताइएको छ । तर सरकारले चाहे अनुसार यति ठूलो स्तरमा खोप कार्यक्रम सञ्चालन गर्न र खोप डेलिभरिका लागि हजारौँ अतिरिक्त स्टाफ आवश्यक पर्ने हुँदा आगामी दिनहरु चुनौतिमय रहने बताइएको छ । यसमा अस्पताल र स्थानीय क्लिनिक एक्लैले सबै धान्न नसक्ने बताइएको छ ।
यता, सरकारले अत्यन्तै छिटो र प्रभावकारी रुपमा काम गरि खोपको पहुँच सुनिश्चित गराइरहेको छ । यसमा खोप उत्पादन, खरिद गर्ने र डेलिभर गर्ने कामका लागि मात्र १२ अर्ब पाउन्ड लाग्ने अनुमान छ ।
पहिलो हप्ताको खोप कार्यक्रममा ७० अस्पतालहरुले सहभागिता जनाएका छन् । जहावीले भनेका छन्, “खोप वितरणमा पारदर्शिता सबैभन्दा जरुरी कुरा हो ।” स्वास्थ्य सचिव म्याट हेनककले पनि यो केबल सुरुवात भएको र छिटै सबैमाझ खोप पुर्याएर जनताको जीवन सामान्य अवस्थामा पुर्याउन मद्दत गर्ने बताएका छन् । फाइजर खोपलाई अत्यन्तै चिसोमा स्टोर गरेर राख्नुपर्ने भएकाले पनि सबैतिर सहज वितरण गर्न कठिन हुन सक्ने बताइएको छ ।
At nursewatches.co.uk the High-Quality replica watches for the best price on fake watch website.
1:1 Best Quality Cheap Omega Replica Watches UK Online Store. New Grade Swiss Movement Replica Omega .
The best replica breitling watches site in the world only sells the top quality AAA swiss replica watches.
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )