पर्वत, साउन-२४, प्रतिनिधिसभाको आजको बैठकमा सांसद पदम गिरीले पर्वत जिल्लाको जलजला ७ धाइरिङ, धारापानीमा सोमबार विद्युत् प्राधिकरणको लापरबाहीका कारण स्थानीय सीता केसीको मृत्यु भएको जानकारी गराउँदै मृतकको परिवारलाई क्षतिपूर्तिको माग गर्नुभएको छ ।
बैठकको सुरुमै सभामुखसँग समय माग गरी सांसद गिरीले भन्नुभयो, ” विद्युत् प्राधिकरणको लापरबाही र असावधानीका कारण ११ केपिए प्रसारण विद्युत् गाउँमा पस्दा ५० वर्षीया सीता केसीको मृत्यु भएको छ र यसबाट १३ जना स्थानीय गम्भीर घाइते भएका छन् । मृतकका परिवार तथा घाइतेहरुलाई क्षतिपूर्तिको व्यवस्था होस् ।”
मृतक सीता केसीको परिवारका कम्तीमा एकजना सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने र भौतिक क्षतिको क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने उहाँको माग छ । बिद्युतको भौतिक संरचना बलियो नहुँदा घटना भएको उहाँको भनाइ थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )