पर्वत, साउन-२३, जिल्लाको जलजला गाउँपालिका वडा न ७ धाइरिङमा आज विहान विद्युत लाइनको भोल्टेज नियन्त्रण भन्दा बाहिर जाँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० बर्षकी सिता केसीको रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपि शिवराज बुढाथोकीले जानाकारी दिनुभयो ।
धाइरिङको धारापानीमा विद्युत लाइनमा आएको समस्याका कारण बस्ती भरीका झण्डै २ दर्जन बढि घरहरुका मिटर बक्समा आगलागी भएको र ४ जना स्थानीय गम्भिर घाइते भएको घटनास्थल पुग्नुभएका जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिनुभएको छ ।
आचार्यका अनुसार विद्युत लाइनको भोल्टेज नियन्त्रण भन्दा बाहिर गई घरहरुका मिटर बक्समा आगलागी भएको हो । धारापानी भन्ने गाउँमा विद्युत लाइनमा विहान झण्डै ९ बजेको समयमा भएको गडबडीका कारण गाउँले ठूलो क्षति ब्यहोरेको छ । विद्युत लाइन सट हुँदा दजनौं पशु चौपायाहरुमरेको र स्थानीय पशु फार्ममा समेत आगलागी भएको छ । जलजला गाउँपालिकामा आज विहानै गाउँ घरका अधिकांश घरमा आगलागी भएको छ । घर घरमा रहेका मिटर बक्सहरु जलेका छन् ।
जिल्ला प्रहरी कार्यालयले २ दर्जन घरका मिटर बक्स जलेको पुष्टि गरेको छ । गाउँपालिका अध्यक्षले भने अझै ठूलो मात्रामा घरका मिटर बक्स जलेको घरमा आगलागी भएको बताउनुभएको छ । उता, नेपाल विद्युत प्राधिकरण कुश्मा वितरण केन्द्रका प्रमुख शिवनारायण गोशेलीका अनुसार प्रारम्भिक रुपमा २२० भोल्टेज प्रसारण हुनुपर्ने विद्युतको तारमा त्यो भन्दा धेरै भोल्टेज प्रसारण भएको बताउनुभयो ।
विद्युत समस्या समाधानका लागि रुखहरु हटाउने क्रममा फलामे पोलबाट एलटि लाईनमा विद्युत लिकेज भएको हुनसक्ने उहाँको भनाइ छ । कम्पोजिट एल्टीमा लाइन छिरेका कारण विद्युत आपूर्तिमा समस्या भएको हुनसक्ने उर यस्तो घटना जम्पर लुज भएका कारण पनि विद्युत प्रवाहमा समस्या आउने सक्ने उहाँले बताउनुभयो । घटनाको यर्थाथ विवरण प्राविधिक जाँचपछि आउनसक्ने भन्दै २२० भोल्जेट प्रवाह हुनपर्ने तारमा ११ हजार भोल्टेजसम्मको लाइन प्रवाह भएको हुनसक्ने उहाँले बताउनुभयो ।
कार्यालय प्रमुख गोशेलीले प्रारम्भिक रुपमा मुख्य लाइनमा प्रवाह हुने ११ हजार भोल्टेज भएका कारण त्यो बराबरको सवै भोल्टेज प्रवाह भयो या त्यो भन्दा कम भोल्टेज प्रवाह भएको हो प्राविधिक जाँच पछि पत्ता लाग्ने बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष आचार्यले भने ११ हजार भोल्टेज नै प्रवाह भएका कारण ठूलो क्षति पुगेको बताउनुभएको छ । घटनामा घाइते भएकाहरुलाई उपचारका लागि अस्पताल पठाइएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो । घाइतेहरुको शरिरका विभिन्न भागमा आगोले डढेको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )