पर्वत, साउन-१९, पर्वतमा कोरोना भाईरसको संक्रमण फेरी बढेर गएको छ । जिल्लाका विभिन्न ठाउँमा कोभिड पोजेटिभ हुने विरामीको संख्या बढेर गएको हो ।
स्वास्थ्य कार्यालय र पर्वत अस्पतालका अनुसार रुघा खोकी र ज्वरो आउने लक्षण सहित कोभिडका विरामीको संख्या पछिल्लो सातामा ह्वातै बढेर गएको छ । कोभिडका कारण विरामीलाई जटिल अवस्थामा पनि पुराउन सक्ने भएका कारण यसबाट जोगिन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।
परिक्षणको दर कम भएका कारण तथ्यांक उल्लेख नभए पनि कोरोना भाईरसका कारण विरामीको संख्या दिनहुँ बढिरहेको स्वास्थ्य कार्यालयको भनाई छ । पछिल्लो समय कुश्मा नगरपालिकामा कार्यरत ६ जना कर्मचारीहरुमा पोजेटिभ देखिए पछि थप सजगता अपनाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । विरामी भएकाहरुले परिक्षण गरेर स्वास्थ्य अवस्था पहिचान गराउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।
कोरोना भाइरसको चौथो लहरको रुपमा ओमिक्रोन भाइरस पुनः सक्रिय भएर र यो भाइरस घातक समेत भएकाले यसको फैलावट दर उच्च रहेको छ । यो भाइरसबाट बच्नका लागि स्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना गर्न र मास्क अनिवार्य लगाउन स्वास्थ्य कार्यालय पर्वतले आग्रह गरेको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )