म्याग्दी, असार-२९, कलाकार रबि कार्किको नयाँ गीत “हास्ने बोल्ने गरे पो माया बढ्छ” सार्वजनिक भएको छ । गुरुपुर्णिमा र भानु जयन्तिको अवसरमा कार्कीले एक पृथक शैलीको गीत सार्वजनिक गरेका हुन् । हरेक वर्ष फरक फरक स्वादका गीत प्रस्तुत गर्ने कार्कीले यस वर्ष निकै मिठो गीत सार्वजनिक गरेका हुन् । आजै उनको जन्मदिन पनि परेको छ यस अवसरमा उनलाई यो गीत उपहार समेत भएको छ ।
म्याग्दीको बेनिनागरपालिकामा जन्मेका कार्कीको यस भन्दा अघि “जाम सुस्तै गीतले निकै चर्चा कमाएको थियो। उनले केहि समय पहिला बजारमा ल्याएको साइँली सलक्कै भन्ने बोलको गीतले समेत निकै चर्चा पाएको थियो । कार्कीले ठेट र जनाजिब्रोका भाका तथा शब्द भाका टपक्कै टिपेर रत्यौली, झ्याउरे, भजन संग्रह, तीजका गीत प्रस्तुत गर्ने गर्दछन ।
गायन संगै अभिनय, बादनमा समेत अब्बल कार्कीको “हास्ने बोल्ने गरे पो माया बढ्छ” परेकोले कार्कीको यो गीतमा धेरै शुभकामना समेत प्राप्त भएको छ । गीतमा कार्कीको लय तथा संगीत रहेको छ भने दिलु मगर र रबिको रहेको छ । त्यसैगरी गीतका शब्द प्रविण खत्री ठुलेले लेखेका हुन । पछिलो समयमा गीतकार प्रबिण खत्रीका धेरै गीत चर्चित छन् । म्याग्देली कलाकार हेमन्त कान्छा रसाइलीको संगीत संयोजन रहेको गीतमा निक्स शर्मा र रुबिना अधिकारीको अभिनय रहेको छ ।
भिडियो
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )