देवी जिसी /म्याग्दी, असार-२९, बेनी नगरपालिकाले चौथो सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। बुधबार जिल्ला समन्वय समितिको सभाहलमा एक कार्यक्रमका बीच सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत धोलकराज ढकालले २०७८/०७९ को कुल ७६ करोड ५४ लाख ३५ हजार रुपैयाँ बजेटमध्ये ६२ करोड ८५ लाख ४६ हजार रुपैया (८२.१२ प्रतिशत ) बजेट खर्च भएको बताउनुभयो । यस आर्थिक बर्ष २०७८/०७९ मा विकास निमार्ण तर्फको पुँजीगततर्र्फ ७१.५५ प्रतिशत बजेट खर्च भएको छ । बेनी नगरको पुँजीगततर्फ रहेको २७ करोड ९१ लाख ७९ हजार रुपैयाँ बजेटमध्ये १९ करोड ९७ लाख ५४ हजार रुपैयाँ बजेट ( ७१.५५) खर्च भएको हो ।
त्यसैगरी, विकासतर्फ रहेको बजेटमध्ये ७ करोड ९४ लाख २५ हजार रुपैया राज्यकोषमा फिर्ता भएको छ । चालु आर्थिक बर्षमा छनौट भएका ४७० योजना तथा कार्यक्रम मध्ये ४२० योजना सम्झौता भएका र ४१८ योजना सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत ढकालले जानकारी गराउनुभयो ।
चालु आवमा आर्थिक विकासतर्फ ४ करोड ६३ हजार रुपैयाँ बजेटमध्ये ३ करोड ११ लाख ५५ हजार रुपैया, सामाजिक विकासतर्फ ३६ करोड ८६ लाख ९८ हजार रुपैयाँ बजेटमध्ये ३२ करोट ८४ लाख ९६ हजार रुपैया, पुर्वाधार विकासतर्फ १६ करोड ६३ लाख रुपैयाँ बजेटमध्ये ११ करोड ८६ लाख ८५ हजार रुपैयाँ, सुशासन तथा अन्तर सम्बन्धित ३ करोड ११ लाख १९ हजार रुपैयाँ बजेटमध्ये २ करोड १९ लाख ५५ हजार रुपैयाँ र कार्यालय तथा प्रशासनिक खर्चतर्फ १५ करोड ८४ लाख २४ हजार रुपैयाँबजेट मध्ये १२ करोड ८२ लाख ५४ हजार रपैयाँ बजेट खर्च भएको नगरपालिकाले सार्वजनिक गरेको छ । नगरभित्र गौरवको आयोजनाको रुपमा रहेको रावण पार्क र खुल्ला मञ्च विसता तथा प्याराफिट निर्माण योजना निर्माधिन अवस्थामा रहेका छन् ।
सार्वजनिक सुनुवाईमा उपस्थित नगरबासीले सरकारी कार्यालयले प्रवाह गर्ने सेवा, सम्पन्न बिकास निर्माण आयोजनाका बिषयमा जिज्ञासा र सुझाव पेस गरेका थिए । प्रश्नकर्ताहरुले विकासतर्फका योजनाहरुसंचालन भएको ठाउँमा बुझिनेगरि निर्माण सम्पन्न हुने मिति, लागत लगायतका कुरा समावेश गरेर निर्माण क्षेत्रमा बोर्ड बनाएर टास्नुपर्ने, अहिले संचालनमा रहेको एकतर्फी यातायातको ब्यबस्थालाई पुनर्विचार गर्नुपर्ने , सार्वजनिक स्थानको फोहोर ब्यवस्थापन तथा सरसफाई, अतिक्रमित सार्वजनिक जग्गामा निर्माणधिन पुर्वाधार तथा ब्यवसाय हटाउनुपर्ने, कृषि तथा उत्पादन क्षेत्रमा कृषिमैत्री अनुदानको ब्यवस्था र बेनीबजारमा पर्यटकको बसाई लम्ब्याउने लगायतको माग तथा गुनासो ब्यक्त गरेका थिए ।
प्रमुख प्रशासकिय अधिकृत ढकालले बेनी नगरपालिकाले आवश्यक कानुनहरु निर्माण गरेर सेवा प्रवाहलाई सरल, छिटो छरिता र प्रभावकारी बनाउने तर्फ ध्यान केन्द्रित गरेको बताउनुभयो । उहाँले जनताबाट उठेका गुनासो तथा सुझाव अनुसार आगामी दिनमा सुधार गरेर सेवा प्रवाह तथा विकास निर्माणका योजनाहरु कार्यान्वयन गर्ने प्रतिवद्धता समेत जनाउनुभएको थियो ।
त्यसैगरी कार्यक्रममा उठेका प्रश्नको जवाफ दिदै नगर प्रमुख केसीले जनताको आधारभूत आवश्यकतामा पर्ने सडक, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रको पुर्वाधार विकासलाई दिगोपन र ब्यवहारिक बनाउन केन्द्रित रहेको बताउनुभयो ।प्रमुख केसीले बेनीमा पर्यटकको बसाई लम्व्याउने किसिमले पर्यटन पुर्वाधार निर्माण गुरुयोजना अन्तर्गत बजार वरिपरि पार्क र पदमार्ग लगायतको पुर्वाधार निर्माण योजना अघि बढाएको उल्लेख गर्नुभयो ।
उप प्रमुख ज्योती लामिछानेले नगरभित्रका विकास योजनालाई प्रभावकारी रुपमा सम्पन्न गराउन अनुगमन प्राथमिकता दिएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बेनीबजारमा संचालन गरिएको एकतर्फी यातायात सेवाले दुर्घटना कमसंगै पैदलयात्रीलाई सहज भएको जानकारी गराउनुभयो । सार्वजनिक कार्यक्रम बेनी नगरपालिका प्रमुख सुरत केसीको अध्यक्षता, नेपाल पत्रकार महासंघ म्याग्दीका सचिव सन्तोष गौतमको संचालनमा सम्पन्न भएको थियो भने कार्यक्रमको सहजीकरण पत्रकार महासंघ म्याग्दी शाखाले गरेको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )