म्याग्दी, असार-२८, गीतकार नकुल ढकाल नवीनको नया गीत “पुरुष “सार्वजनिक भएको छ । गायन अभिनय र पछिल्लो समयमा चर्चित गीत सिर्जना गरेका ढकालको यस पालीको गीत भने पृथक रहेको छ । महिलाहरूले झेलिरहेका विभिन्न समस्याहरु, बलात्कार, दाइजोका कारण घरमा बुहारीले भोग्नुपरेका पिडा हुन, बोक्सीका नाममा महिलामाथि गरिएका अत्याचार र हिंसाका कुरा भन्दा अलि फरक शैलीमा पुरुषका पनि पिडा हुन्छन भन्ने कुरालाई गीतमार्फत उठाएका छन् ।
पुरुषका पिडा बोकेको गीत ‘पुरुष’ मा महिलाबाट पुरुषमाथि भएका अन्यायका बारेमा बोलिएको छ। गीतमा पुरुषका मात्र मुद्दा उठाइएको छैन, पुरुषका कारण महिलाले रोज्नुपरेका गलत बाटोका बारेमा पनि उजागर गरिएको छ। बेरोजगार श्रीमानलाई श्रीमतीले गर्ने फरक व्यवहार, महिलाले चाहँदा सहजै श्रीमानलाई त्याग्न सकेपनि पुरुषले भने बाँचुन्जेल पिडा मात्रै भोग्नुपर्ने, सहमतिमा यौन चाहना पूरा गर्ने तर मन नमिल्दा साथ जबरजस्ती करणीको मुद्दा लगाइदिने, पुरुष प्रधान समाज भनिएको भए पनि पुरुषलाई जोगिएर बाँच्नै गाह्रो भएको, सामान्य अवस्थामा नै यौन दुर्व्यवहारको आरोपमा दुर्व्यवहार गर्ने गरेको लगायतका समस्याहरु पुरुषहरूले भोग्नुपरेको देखाइएको छ।
यस्तै गीतको अर्को पक्ष भनेको श्रीमान विदेश जादा महिलाको यौन चाहना र आवश्यकता लगायतका समस्याहरू महिलाहरूले भोग्नुपरेको गीतमा राखिएको छ। थानेश्वर गौतम र कमला पोखरेलको आवाजमा रहेको गीतमा शब्द रचना नकुल ढकालको रहेको छ। गीतमा थानेश्वर गौतमको सङ्गीत रहेको गीतको म्युजिक भिडियोमा प्रीति आले, ज्योति मगर, निक्स शर्मा लगायतका कलाकाहरुको अभिनय रहेको छ।
भिडियोः
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )