म्याग्दी, असार-२५, म्याग्दीको बेनीस्थित न्यू वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयमा नेपाली सेनाको NCC( Nepal Cadet Corps Junior Division) तालिमको अभिमुखिकरण कार्यक्रम सम्मापन्न भएको छ । राष्ट्रिय सेवा दलद्वारा वार्षिक रुपमा संचालन हुने NCC जुनियर डिभिजन तालिमको लागी वेष्ट प्वाइन्ट विद्यालयबाट तालिममा सहभागी हुने विद्यार्थीलाई अभिमुखीकरण गरिएको हो । यसवर्ष बेनीको न्यु वेष्ट पोइन्ट स्कुल तालिमका लागी छनोटमा परेको हो ।
विद्यालयमा अभिभावकहरुको उपस्थितिमा तालिमको उद्देश्य यसले विद्यार्थीको शारीरिक, मानासिक बिकास र नैतिक आचरणमा समेत परिबर्तन ल्याउने कुरा कार्यक्रममा बताइएको छ । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा, जिल्ला समन्वय अधिकारी जानुका सुवेदी, सेनानी केशव सिलवाल, प्रहरी नायव उपरीक्षक तिलक भारती, सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक हरिबहादुर गुरुङको विशेष उपस्थिति रहेको थियो ।
साथै कार्यक्रममा वेष्ट प्वाइन्ट एजुकेशन फाउण्डेशनका संस्थापक निर्देशकहरु सुदर्शन कुमार श्रेष्ठ, शिवकुमार श्रेष्ठ र यजनलाल शाक्य, प्राचार्य डीबी दाहाल, शिक्षक अभिभावक संघका अध्यक्ष दिल कुमार श्रेष्ठ,भाईस प्रिन्सिपल सरोज लकान्द्री, अभिभावकहरु र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । अभिमुखिरण कार्यक्रम पश्चात विद्यार्थीको भर्ना छनोट गरिएको थियो । भर्ना छनोटमा परेका १८ छात्रा र १८ छात्र गरी ३६ जना विद्यार्थी छनोट भएका र उनीहरुको तालिम सहभागिता जनाउदै छन् भने तालिम साउन १ गतेबाट शुरुहुने बताइएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )