विश्वकै दोश्रो अग्लो बन्जी सन्चालन गरिरहेको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसरमा नेपालमै नयाँ खेल जर्ब बल सञ्चालनमा ल्याएको छ ।
द क्लिफका अनुसार यस बलमा एक पटकमा दुई जना बसेर मज्जा लिन सकिनेछ । बलभित्र हार्नेसको सहायतामा बसिसकेपछि बललाई खुल्ला ठाउँ वा चौरमा रोल गरेर मज्जा लिइने क्लिफका अध्यक्ष राजु कार्कीले बताए ।
नेपालमै पहिलो पटक यो खेल क्लिफले सञ्चालन गरेको समेत कार्कीले दाबी गरे । पहिलो पटक र सुरुवाती चरण भएकोले प्रति व्यक्ति २५० रुपैयाँ लिइरहेको क्लिफले जनाएको छ । ग्राहकले ४ देखि ५ मिनेटसम्म जर्ब बलभित्र बसेर मज्जा लिन सकिनेछ ।
द क्लिफले कालीगण्डकी नदिको खोँचमा बन्जी, बिश्वकै अग्लो स्विङ, गुलेली शैलीको पिङ र स्काई साइक्लीङ समेत निर्माण गरेको छ । यस क्षेत्रलाई एड्भेन्चर हबका रुपमा बिकास गर्ने योजना भएको र भविष्यमा अन्य गतिविधि समेत थप्ने योजना रहेको कार्कीले बताए ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )