देवी जिसी /म्याग्दी, असार-६,म्याग्दी, जिल्ला समन्वय समिति म्याग्दीका नवनिर्वाचित प्रमुख राजकुमार थापाले पद तथा गोपनियताको शपथ ग्रहण संगै पदभार ग्रहण गर्नु भएको छ । आज (सोमबार) मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरे पश्चात थापाले पदभार ग्रहण गर्नुभएको हो । जिल्ला समन्वय समितिको सभा हलमा एक कार्यक्रमका बीच निवर्तमान समन्वय प्रमुख देवेन्द्र बहादुर कटुवाल र समन्वय अधिकारी जानुका सुवेदीले थापालाई पदभार ग्रहण गराउनुभएको हो । कार्यक्रममा प्रमुख थापाले उपप्रमुख डिल कुमारी खत्री सहित समन्वय समितिका सवै सदस्यहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य नरदेवि पुनले जिम्मेवारीलाई कुशलताका साथ निभाउन नवनिर्वाचित समितिलाई आग्रह गर्नुभएको छ । जिल्लामा संचालनमा रहेका योजनाहरुलाई समयमै सम्पन्न गर्नेगरि अनुगमन र निगरानीलाई प्राथमिकतामा राखेर काम गर्न समेत पुनले आग्रह गर्नुभयो । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधिश तेज नारायण पौडेल, प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि शर्मा, नेकपा माओवादीका बेनी नगर कमिटी उपाध्यक्ष अम्विका ढुङ्गाना लगायतले बधाई तथा शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )