म्याग्दी, असार-५, जिल्ला समन्वय समिति म्याग्दीमा एमालेको प्यानल विजयी भएको छ ।आइतबार सम्पन्न निर्वाचनबाट जिसस प्रमुखमा नेकपा एमालेका उम्मेदवार राजकुमार थापा र उपप्रमुखको उम्मेदवार दिलकुमारी खत्रीले ७ मत प्राप्त गरी विजयी भएको मूख्य निर्वाचत अधिकृत तेजनारायण पौडेलले जानकारी दिएका छन् । प्रमुख, उपप्रमुख र सदस्य सबैमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् ।
नेपाली काँग्रेस र माओवादीको गठबन्धनका तर्फबाट प्रमुख पदमा नेपाली काँग्रेसका उम्मेदवार मनकुमारी विश्वकर्मा र उपप्रमुखका उम्मेदवार सोहन श्रेष्ठले ५ मत प्राप्त गरेका थिए । एमालेको तर्फबाट प्रमुख पदमा निर्वाचित थापा बेनी नगरपालिका १ रत्नेचौरबाट वडा सदस्यमा निर्वाचित भएका हुन् ।
यसैगरी उपप्रमुख पदको उम्मेदवार खत्री मंगला गाउँपालिका १ कुुहुँबाट वडा सदस्यमा निर्वाचित भएका हुन् । निर्विरोध निर्वाचित हुने सदस्यहरुमा कृष्णदत्त पौडेल पाध्या (बेनी),श्रीप्रसाद गर्बुजा (धबलागिरि) देब गर्बुजा पुन(अन्नपूर्ण) महिला सदस्यहरु कविता वि.क (मंगला) गौमति चपाई (मालिका) धनकुमारी सुनार (रघुगंगा) र दलित वा अल्पसंख्यकबाट जानकी विश्वकर्मा निर्विरोध चयन भएको मुख्य निर्वाचित अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचित प्रमुख,उपप्रमुख र सदस्यहरुको सपथग्रहणका साथै पदभारग्रहणको कार्यक्रम सोमबार हुनेछ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )