काठमाण्डाै, जेठ-२९, मनसुनी वायु पश्चिमी क्षेत्रतर्फ सर्न लागेको मौसमविद्ले बताएका छन् । गएको आइतवार नेपालमा प्रदेश-१ हुँदै मनसुन भित्रिएको थियो ।
मनसुन अहिले गण्डकी प्रदेशसम्म प्रवेश गरेको र बिस्तारै अब पश्चिमी क्षेत्रमा प्रवेश गर्ने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । मनसुन भित्रिए पछि प्रदेश-१, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा लगातारजसो पानी परिरहेको छ ।
लगातारको वर्षाका कारण यी प्रदेशका ठाउँठाउँमा बाढी पहिरो जान थालेको छ । पहिरोले मुख्य राजमार्ग ठप्प हुँदा यात्रुले सास्ती पाइरहेका छन् । अहिले पनि यी प्रदेशका केही ठाउँमा पानी परिरहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार बिहान लुम्बिनी प्रदेशका एक/ दुई ठाउँमा पनि पानी परेको छ ।
अहिले पानी नपरेका ठाउँमा दिउँसो पानी पर्ने अनुमान गरिएको छ । आज प्रदेश-१, मधेस प्रदेशका धेरै ठाउँ तथा वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन पनि मौसमविद्को सुझाव छ । उज्यालोबाट
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )