म्याग्दी, जेठ-२७ म्याग्दीको भकिम्लीलाई जातीय छुवाछुत मुक्त वडा घोषणा गरिएको छ । जिल्लाको बेनी नगरपालिका–३,भकिम्लीमा शुक्रबार आयोजित कार्यक्रममा जातीय उत्पीडनको अन्त्यसँगै छुवाछुतमुक्त वडा घोषणा गरिएको हो । जातिय छुवाछुतमुक्त क्षेत्र घोषणाको लागि आवश्यक सबै सूचक पुरा भएपछि वडा अध्यक्ष पदम पुनले औपचारीक कार्यक्रमका बिच भकिम्लीलाई छुवाछुतमुक्त वडा घोषणा गर्नुभएको थियो । जातिय छुवाछुतमुक्त क्षेत्र घोषणा अभियान बि.स २०७४ सालदेखि सुरू भएको हो
५ बर्षसम्म छुवाछुत बिरुद्धका अभियानमा गरिएका गतिविधिलाई आगामी दिनमा समेत निरन्तरता दिदैै घोषणालाई ब्यवहारमा उर्तानुपर्ने अध्यक्ष पुनले बताउनुभयो । उहाँले छुवाछुतमुक्त वडा घोषणाले जातिय भेदभाव अन्त्य संगै वडाभित्र सबै जातजाति बिचको एकता र सहकार्यले समृद्ध वडा बनाउन सहज हुने बताउनुभयो । त्यसैगरी बेनी नगरकार्यपालिका सदस्य मन कुमारी विश्वकर्माले जातिय छुवाछुत कानूनी रुपमा डण्डनिय भएतापनि अझैपनि समुदायमा छुवाछुत भएको देख्नुपरेको बताउँदै यस्तो भेदभावलाई व्यवहारिक रुपमा निर्मुल पार्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिले घोषणाले जातिय छुवाछुतमुक्त अभियानमा लागेका अगुवाहरुलाई भकिम्लीसम्म आउने वातावरण बनाउने गरी काम गर्नुपर्नेमा जोड दिएका थिए । बि.स २०७४ सालदेखि दलित-दलितभित्रको छुवाछुत बिरुद्धको अभियान, जिविकापार्जनका लागी विभिन्न कार्यक्रम सहभोज तथा टोलटोलमा प्रतिबद्धता, लगायतका विभिन्न कार्यक्रमहरू गरिएको प्रगतिशिल दलित मञ्चका अध्यक्ष रामबहादुर किसानले जानकारी दिनुभयो ।
घोषणा कार्यक्रममा अन्तरजाति विवाह गर्नेलाई सम्मान, अभियानलाई सफल पार्नका लागि विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने व्यक्ति तथा निकायहरुलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो । घोषणा कार्यक्रम सञ्चारकर्मी वादल शाहीले सञ्चालन गर्नुभएको कार्यक्रममा मञ्चका सचिव उमा विकले स्वागत र गर्नुभएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )