चितवन, जेठ-२४, चितवनको भरतपुर महानगरपालिका-२३ जगतपुर घैलाघारी सामुदायिक वनमा निउरो टिप्न गएका चार जना महिलाहरुलाइ मंगलवार दिउँसो बाघले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ ।
जिल्ला चितवन प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार बाघको आक्रमणबाट बेपत्ता बनेकी मंगली बोटेको मृत्यु भएको हो । उनीसँग गएका अन्य तीन जना भने सकुशल छन् ।
उनको शव भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । बाघको आक्रमणका परेकी बोटेको चारवटा हात्ती प्रयोग गरेर खोजी गरिएको थियो ।
पछिल्लो समयमा निकुञ्जका मध्यवर्ती तथा सामुदायिक वन क्षेत्रमा बाघको आक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ ।अनलाइन खबरबाट
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )