महालक्ष्मी लाइफ इन्स्यारेन्सले साधारण सेयर (आईपीओ) निष्काशनका लागि तयारी शुरु गरेको छ । मुलुकको सबैभन्दा कान्छो बिमा कम्पनी महालक्ष्मीले आईपीओ जारी गर्ने प्रस्ताव आगामी साधारणसभामा लैजाने भएको हो । साधारणसभाले पारित गरेपछि आईपीओ निष्काशन प्रक्रिया शुरु हुनेछ ।
कम्पनीले फागुन ३ गते सोमबार होटल र्याडिसनमा साधारणसभा बोलाएको छ । सोहि साधारणसभाले आईपीओ जारी गर्ने प्रस्ताव समेत पारित गर्ने महालक्ष्मीले जानकारी दिएको छ ।
जीवन बिमा कम्पनीहरुले मध्ये रिलायन्स लाइफ इन्स्यारेन्स र प्रभु लाइफ इन्स्यारेन्सले आर्यपीओ जारी गरिसकेका छन् ।ब ाँकी ८ वटा जीवन बिमा कम्पनीहरुले आईपीओ जारी गर्नुपर्नेछ । महालक्ष्मी लाइफ कान्छो बिमा कम्पनी भए पनि कम्पनीका सीईओ रमेशकुमार भट्टराई भने बिमा कम्पनीक सबैभन्दा पुराना सीईओ हुन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )