सेतो, कालो आवरणमा हरियो फूल फुल्ने
परपराउँदै बिझाउन (घोच्नलाई) तिखा सुइरा खुल्ने ।
पोल्ने, दुख्ने झन्झनाउँदा भाग्नुपर्छ टाढा
मधुमेह, प्रेसरको औषधि हो गाढा ।।
चीसो जङ्गल, सीप्यानमा सिस्नु हुर्किन्छरे
वर्षायाममा झाङ्गिएर धेरै फुर्किन्छरे ।
चिम्टी काँजो समाएर टिपौँ जतनसाथ
हैन भने दुहाइदिन्छ पोल्दै हातहात ।
महŒवको रहस्यत दुर्लभभित्र बाँच्छ
सास्ती भोग्दै फूल पनि काँडाबीच हाँस्छ ।।
तीखा, सेता, नरम सुइरा काँडा बिझ्ने गर्छ
सञ्जीवनी औषधि भई वायु विकार हर्छ ।
चोर, डाँका, ज्यानमारालाई गल्ती साबित गर्न
सिस्नु, पानी लगाउँथे उहिले कानुन भर्न
भोक थेग्ने, रोग निदान अपराध छेक्ने
सावधानीभै नजिक आउने शत्रु सधैँ देख्ने ।।
गरिबको छाक टार्ने खोले सिस्नु यै हो
अमीरको फ्राई सब्जी, अचार पनि यै हो
घु¥यानमा नमिल्काई सिस्नुलाई चिनौँ
लाभ हुने राम्रा कुरा दवाई सम्झी बिनौ ।।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )