गुर्जो एउटा लहरेदार पतझर विरुवा हो। यसको लहरा मोटो र गुदीदार हन्छ। यसका आँख्लाहरूबाट जरा निस्केर हावामा लहरिएका हुन्छन्। यसको बोक्रा कागज जस्तो पातलो हुन्छ र बोक्रामा सेता ग्रन्थीका थोप्ला थोप्लाले भरिएको हुन्छ। यसका पातहरू एकपछि अर्को हुँदै गएका हुन्छन् र भेट्नुदार हुन्छन्। पातहरू मुटु आकारका ७—८वटा नशाहरू भएका करीब १० से.मी लामा हुन्छन्।
यसका फलहरू आँख्लाबाट लामो लहरेदार भागमा फल्दछन्। भाले फूलहरू झुप्पामा रहन्छन् भने पोथी फुलहरू एक्लाएक्लै रहेका हुन्छन्। फलहरू गुदीदार हुन्छन्, आकारमा अण्डाकारका र केराउका दाना जत्रा हुन्छन् र पाकेपछि राता हुन्छन्।
यसको उपयोगी अङ्ग लहरा (डाँठ) हो। यसको डाँठ कमलपित्त, दम, खोकी, मधुमेह, पुरानो ज्वरो, डेङ्गी, तथा बाथ आदि रोगहरूमा उपयोग गरिन्छ।
कोभिड–१९ सर्वमहामारीले विश्व ग्रस्त भएपछि गुर्जो प्रयोगमा व्यापकता आएको छ । गुर्जोलाई सस्कृतमा गुडुची पनि भनिन्छ । यो एउटा लहरेदार वनस्पति हो जो घर, रुख जहाँ पनि फैलिन सक्छ ।
आधुनिक विज्ञानको अनेकौ अनुसन्धानबाट के पत्ता लागेको छ भने रोगीलाई बचाउन तथा उपचार दुवै कार्यका लागि गुर्जो उपयोगी छ । यसमा एन्टिइन्फ्लामेटरी र प्रतिरक्षा प्रणाली बढाउने गुण हुन्छ । विभिन्न खालका ज्वरोमा गुर्जोको सेवन लाभदायी हुने गर्छ । विशेष गरेर डेङ्गु, चिकनगुनिया, स्वाइनफ्लु, कोभिड–१९ बाट बच्न तथा रोगपछि देखिन सक्ने दुष्प्रभावबाट जोगिन गुर्जो उपयोगी छ ।
रुघाखोकीमा समेत गुर्जो लाभदायी हुन्छ । लामो समयसम्म व्यक्ति बिरामी परेर कमजोर पर्दासमे त गुर्जो खाने गरेमा शरिरलाई लाभ मिल्छ । गुर्जोले एक रसायनका रूपमा काम गरेर शरीरमा रगत सफागर्ने काम गर्दछ । यसले हाम्रो शरिररमा रोग प्रतिरोधी क्षमता बढाउँछ । साथै रगतमा कोलेस्ट्रोल कम गर्ने र र गतमा चिनीको मात्रा नियन्त्रण गर्ने गुण गुर्जोमा रहे को छ । गुर्जोले र गतमा प्लेटलेट्सको मात्रा बढाउन योगदान गर्ने भएकाले डेङ्गुका रोगीलाई यो खानु फाइदाजनक हुन्छ ।
एक निश्चित मात्रामा गुर्जो खाने गरेमा अनुहारमा तेज आउने र चाउरी हट्ने हुन्छ । पाचनक्रिया तन्दुरुस्त पार्न पनि हामी गुर्जो खान सक्छौ । मधुमेहका रोगीले दिनहुँ गुर्जो खाएर र गतमा ग्लुको जको मात्रा नियन्त्रणमा ल्याउन सक्छन् । एकै पटक धेरै गुर्जो खानुहुँदैन । हरेक दिन दुईदेखि तीन चम्चा गुर्जोको रसलाई शुद्ध पानीमा मिसाएर बिहान खाली पे टमा खानाले शरिर लाई बहुपक्षीय लाभ मिल्छ ।
सन्दर्भ सामाग्री : युवामंच
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )