पर्वत, जेठ-४, बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन अन्तर्गत पर्वतका विभिन्न ५ वटा स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । पर्वतको जलजला गाउँपालिकामा गाउँपालिका प्रमुखमा गठबन्धबाट कांग्रेसका राजु आचार्य र उप प्रमुखमा माओवादी केन्द्र दिपक आचार्य विजयी भएका छन् ।
पैयू गाउँपालिकामा कांग्रेसका तोरण मल्ल अध्यक्ष पदमा र एमालेकी यामकुमारी रानाले उपाध्यक्ष पदमा निर्वाचन जितेकी छिन् । यसैगरी फलेवास नगरपालिकामा कांग्रेसका गंगा तिवारी र माओवादी केन्द्रकी शोभा क्षेत्रीले निर्वाचन जितेकी छिन् । उता, महाशिलामा दुवै पदमा एमालेले निर्वाचन जितेको छ । अध्यक्ष इश्वरी भुषाल र उपाध्यक्ष पदमा धनसुवा विकले निर्वाचन जितेकी छिन् ।
जारी मतगणनाको अन्तिम नजिता अनुसार मोदी गाउँपालिकामा दुवै पदमा एमालेले बाजी मारेको छ । मोदी गाउँपालिकाको अध्यक्ष एमालेकी हिरादेवी शर्मा र उपाध्यक्ष पदमा बिमल लामिछाने विजयी भएका छन् ।
कुश्मा नगरपालिका र विहादी गाउँपालिकाको नजिता आउन बाँकी छ । कुश्मामा नगरप्रमुख पदमा कांग्रेसको अग्रता छ भने विहादीमा पनि कांग्रेसले नै अग्रता लिएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )