दार्चुला, जेठ-१, भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र पर्ने दार्चुलाको ब्यास गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार अशोक सिंह बोहराको प्यानल नै विजयी भएको छ ।
बोहरा १९५ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका वडाध्यक्षका उम्मेदवार शंकर एतवालले १५६ मत पाए । ६०६ जना मतदाता रहेको यस वडामा३५५ मत खसेको थियो ।
त्यस क्षेत्र जान नेपालतर्फ बाटो नहुँदा सेनाको हेलिकोप्टरबाट मतपेटिका ढुवानी गरी शनिबार दिउँसोबाट मतगणना सुरु गरिएको ब्यास गाउँपालिका निर्वाचन अधिकृत कोसलेस्वर ज्ञवालीले बताए । फेयर नेपालबाट
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )