जलजला, जेठ-१, बैशाख ३१ गते राती अबेर गरी घोषणा भएको पर्वतको जलजला गाउँपालिका वडा नं ३ को मत परिणाम अनुसार एमालेको प्यानल नै बिजयी बनेको छ । अन्तिम मत परिणाम अनुसार वडाध्यक्ष पदमा नेकपा एमालेका बौद्धिक एवं शालीन व्यक्तित्व एकिन्द्र खत्री बिजयी भएका छन् ।
प्राप्त अन्तिम मत परिणाम अनुसार उनले ४५५ मत प्राप्त गरेका हुन् वडा नं ३ मा पनि नेकपा एमालेको प्यानल नै बिजयी बनेको छ ।
जलजलाको ३ नम्बर वडामा खुला महिला सदस्य : सुनिता खत्री, दलित महिला सदस्य: मनु विश्वकर्मा, खुल्ला सदस्य बिकास भण्डारी र ठाकुर प्रसाद रेग्मी रहेका छन् ।
यसअघि घोषणा भैसकेको परिणाम अनुसार जलजलाको वडा नं १ मा (एकजना गठबन्धनको सदस्य बाहेक) २ र ३ नम्बर वडामा एमालेको प्यानल नै बिजयी बनेको छ ।
अहिले मतगणना वडा नं ४ को मत गणना भैरहेको छ । भर्खर प्राप्त पछिल्लो बिवरण अनुसार ८९१ मत गन्दा एमालेको प्यानल नै अगाडी देखिएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )