काठमाडौँ, बैशाख-१४, सरकारले जेठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।परीक्षणको रूपमा लागू हुने गरी शनिवार र आईतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभएकाे छ ।
उक्त समयदेखि बिहान ९ः३० देखि बेलुका ५ः३० बजेसम्म कार्यालय सञ्चालन गरिनेछ । मुलुकको अर्थतन्त्र संकटग्रस्त हुन थालेको भन्दै सरकारले विदाको समय बढाएको हो । विदेशी मुद्रा सञ्चिती घट्दो र शोधान्तर घाटा बढ्दो स्थिति गएको भन्दै सरकारले सार्वजनिक विदाको समय बढाएको हो ।
यसअघि पेट्रोलियम पदार्थको आयात घटाउन सरकारी इन्धनमा २० प्रतिशतले कटौती गरेको थियो । त्यस्तविदेशी विनिमय सञ्चिति बढाउन सरकारले विभिन्न १० वटा वस्तुमाथि पूर्ण रूपमा बन्देज लगाउने निर्णय गरेको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )