पर्वत, बैशाख-१३, आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पर्वतका सातवटै स्थानीय तहमा उम्मेदवारी दर्ता सम्पन्न भएको छ । मुख्यगरी प्रतिस्पर्धा रहेको सत्ता गठवन्धन र नेकपा एमालेका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका हुन् । कुश्मा नगरपालिकामा एमालेबाट नगर प्रमुख पदमा गणेश शर्मा पौडेल र उपप्रमुखमा स्वस्थानी रिजालले उमेदवारी दर्ता गराएका छन् ।
एमालेले कुश्मा नगरपालिकाका १४ वटै वडाहरुका वडा अध्यक्ष र सदस्यहरुको समेत मनोनयन दर्ता गरेको छ । वडा न १ मा रामप्रसाद रिजाल, वडा न २ मा मिनबहादुर रेग्मी, वडा न ३ मा तेजप्रसाद पाध्या, वडा न ४ मा ख्याम जिसी, वडा न ५ मा ज्ञानेन्द्र जोशी, वडा न ६ मा इश्वर गिरी, वडा न ७ मा सुवासचन्द्र पौडेल, वडा न ८ मा कुलप्रसाद पोखरेल, वडा न ९ म बासुदेव लामिछाने, वडा न १० मा रामचन्द्र सुवेदी, वडा न ११ मा बाबुराम पौडेल, वडा न १२ मा किशोर सापकोटा, वडा न १३ मा तेजप्रसाद शर्मा र वडा न १४ मा लोकबहादुर गुरुङको उमेदवारी दर्ता भएको छ ।
यसैगरी कुश्मा नगरपालिकामा गठवन्धनको तर्फवाट नेपाली काँग्रेसका गण्डकी प्रदेश सहमहामन्त्री रामचन्द्र जोशीले प्रमुख पदमा र माओवादी केन्द्रका नगर कमिटि अध्यक्ष शंकर गिरीले उपप्रमुख पदमा उम्मेदवारी दिएका छन । कुश्माको प्रमुख पदमा राप्रपावाट प्रभु गुरुङ र उपप्रमुखमा मानकुमारी गिरीको पनि उम्मेदवारी दर्ता भएको छ । भने जनता समाजवादी पार्टीवाट प्रमुखमा ढाकाराम गौतम र उपप्रमुखमा इन्दिरा अधिकारीको उम्मेदवारी परेको छ ।
यता नेकपा एमालेले मोदी गाउँपालिकामा पनि उमेदवारी दर्ता गरेको छ । गाउँपालिकामा एमालेले अध्यक्ष पदमा हिरादेवी शर्मा र उपाध्यक्ष पदमा बिमल लामिछानेको उम्मेदवारी दर्ता भएको छ । अध्यक्ष शर्मा एमाले प्रदेश कमिटि सदस्य हुन भने लामिछाने एमाले जिल्ला उप सचिव तथा मोदी गाउँपालिका वडा न ६ तिलाहारका वडाअध्यक्ष हुन् । एमालेले मोदी गाउँपालिका ८ वटै वडाहरुका वडा अध्यक्ष र सदस्यहरुको समेत मनोनयन दर्ता भएको छ ।
जलजला गाउँपालिकामा नेकपा एमालेको तर्फवाट लालबहादुर अधिकारीले अध्यक्षमा र सुनिता जिसीले उपाध्यक्षमा उम्मेदवारी दर्ता गर्नुभएको छ भने गठवन्धनको तर्फवाट नेपाली काँग्रेसका राजु आचार्यले अध्यक्षमा र माओवादी केन्द्रका दिपक आचार्यले उपाध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।
त्यसैगरी फलेवास नगरपालिकाको प्रमुखमा एमालेवाट पदमपाणी शर्मा र उपप्रमुखमा मञ्जु अधिकारीको उम्मेदवारी दिनुभएको छ । उहाँहरु दुवै यस अघि पनि नगर प्रमुख र उपप्रमुख रहनुभएको थियो । भने गठगवन्धनवाट नेपाली काँगेसका महाधिवेशन प्रतिनिधि गंगाधर तिवारीले प्रमुख र माओवादीकी नेतृ शोभा क्षेत्रीले उपप्रमुखमा उम्ेमदवारी दिएकी छिन ।
महाशिला गाउँपालिकामा नेकपा एमालेको तर्फवाट इश्वरी भुसालले अध्यक्षमा र धनसुवा विकले उपाध्यक्षमा उम्मेदवारी दिएका छन भने गठवन्धनको तर्फवाट अशोक उचै ठकुरी अध्यक्षमा र एकीकृत समाजवादीका बिराज हमालले उपप्रमुखमा उमेदवारी दिएका छन् ।
त्यसैगरी विहादी गाउँपालिकामा नेकपा एमालेको तर्फवाट ओमबहादुर कुँवरले अध्यक्ष र मिना तिवारीले उपाध्यक्षमा मनोनयन दर्ता गर्नुभएको छ भने गठवन्धनवाट अध्यक्षमा परविन गुरुङ र उपाध्यक्षमा सन्तबहादुर गुरुङको उम्मेदवारी परेको छ । यता पैंयु गाउँपालिकामा नेकपा एमालेको तर्फवाट महेन्द्र श्रेष्ठले अध्यक्षमा र यामकुमारी रानाले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् भने गठवन्धनको तर्फवाट तोरण मल्ल ठकुरी र उपाध्यक्षमा जानकी प्रधानको उम्मेदवारी दर्ता भएको छ ।
फलेवास नगरपालिकामा राष्ट्रिय जनमोर्चावाट इन्द्रकान्त शर्माले प्रमुखमा र सरिता भुसालले उपप्रमुखमा उम्मेदवारी दिएका छन । कुश्माको उपप्रमुखमा स्वतन्त्रवाट माओवादी नेता शालिकराम शर्माले उम्मेदवारी दर्ता गराएका छन । वडा अध्यक्ष र सदस्यहरुमा उम्मेवारी दिनेको संख्या उल्लेख्य रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )