म्याग्दी, बैशाख-६, म्याग्दीमा पहिलो पटक संस्कृतितर्फ बाट समेत विद्यार्थीहरु सहभागी हुने भएका छन् । वैशाख ९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा बेनी नगरपालिका–९ गलेश्वर स्थित जडभरत शालग्राम गण्डकी संस्कृत माविबाट ९ जनाले एसइईमा सहभागीता जनाउने शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले जानकारी दिनुभयो ।
त्यसैगरि उज्यालो बैकल्पिक विद्यालयबाट ५ जना आमाहरुले समेत परीक्षामा सहभागीता जनाउने छन् । उज्यालो बैकल्पिक विद्यालयबाट एसइइ मा सहभागी हुने यो दोश्रो ब्याच रहेको छ ।
बैशाख ९ गते देखि संचालन हुने एसइइ परीक्षामा जिल्लाका विभिन्न ५ वटा प्राविधिक धारतर्फका १३१ जना, ग्रेड बृद्धि तर्फ ८ जना सहित कुल २ हजार २ सय ४५ परिक्षार्थी रहेका छन् जस मध्ये छात्र १ हजार ९५ र छात्रा १ हजार १५० जना रहेका छन् । परीक्षामा एक खुला विद्यालय सहित ७४ वटा विद्यालयका विद्यार्थीहरुले सहभागीता जनाउने कार्यालयले जनाएको छ ।
जिल्लामा एसइई परिक्षा सञ्चालनको लागि ९ वटा परीक्षा केन्द्र तोकिएको छ यस बर्ष राष्ट्रिय परिक्षा बोर्डको परिपत्र बमोजिम सम्बन्धित परीक्षा केन्द्र रहेको विद्यालयका प्रधानध्यापकलाई नै केन्द्राध्यक्ष तोकिएको छ ।परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष नियुक्त गरि उनीहरुलाई अभिमूखिकरण समेत गरि सम्बन्धीत परीक्षा केन्द्रको परीक्षा सञ्चालनको तयारीमा खटाइएको इकाई प्रमुख थापाले बताउनुभयो ।
परिक्षा संचालनका लागि प्रकाश मावि बेनी, बेनी समुदायिक माध्यामिक बिद्यालय बेनी, न्यू वेष्ट प्वाइन्ट आवासीय माध्यामिक विद्यालय बेनी, धवलागिरी माध्यामिक विद्यालय सिंगा, मंगला माध्यामिक विद्यालय बाबियाचौर, जनप्रीय माध्यामिक विद्यालय दरवाङ, हेम माध्यामिक विद्यालय सिवाङ, मुक्तिधाम माध्यामिक विद्यालय भगवति र मुक्तिमार्ग माध्यामिक विद्यालय घारलाई परिक्षा केन्द्र तोकिएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )