जलजला, बैसाख-५, पर्वतको जलजला गाउँपालिका वडा न ९ बनौमा ३८ जना कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस तथा माओवादी केन्द्र परित्याग गरी ति कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् । नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभाका सांसद पदम गिरीले नवप्रवेशीहरुलाई टिका तथा खादा लगाएर स्वागत गर्नु भएको छ ।
जलजलाका ९ नम्बर वडा नेकपा एमालेको कमजोर भुगोलको रुपमा लिईन्छ । पछिल्लो समय भने एमाले प्रतिको आकर्षणका कारण धेरै कार्यकर्ताहरु एमालेमा प्रवेश गरिरहेको सांसद तथा केन्द्रिय सदस्य पदम गिरीले बताएका छन् ।
एमालेमा प्रवेश गर्नेहरुमा भुवन पुन, टिकाबहादुर फकामी पुन, लालबहादुर पुर्जा, भुवन बहादुर फकामी, टकमाया गर्वुजा पुन, मिलन फकामी पुन, विरेन्द्र फकामी पुन, टकबहादुर फकामी रहेका छन् । यसैगरी बनौ मै आयोजित अर्को कार्यक्रममा मानबहादुर विक, विकास विश्वकर्मा, बमबहादुर विक, हरीप्रसाद विकस, माया पुन, खरिमाया विक, खुम बहादुर पुन, नौमति पुर्जा र सागर जिसी लगाएतका कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै एमाले सांसद गिरीले देश विकासको एजेण्डा र खाका एमालेसंग मात्र भएकाले अवको स्थानीय तहको निर्वाचनमा एमाले नै देशको पहिलो शक्तिको रुपमा धेरै स्थानहरुमा विजयी हुने दावी गर्नुभयो । उहाँले गठबन्धन देश हित र विकासको लागि नभएर पाटीका नेताहरुको परिवारलाई खुशी पार्नका लागि भएको भन्दै त्यसको पछि लागेर जनताले मत नहाल्ने स्पष्ट पार्नुभएको छ ।
कार्यक्रममा एमाले प्रदेश कमिटि सदस्य नरबहादुर कार्की, जलजला गाउँपालिका कमिटि अध्यक्ष लालबहादुर अधिकारी लगाएतले एमालेका नीति र विचारहरुको बारेमा धारणा राख्नुभएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )