पर्वत, चैत-१९, पर्वतको जलजला-५ लेखफाट स्थित गैरागाउँमा रहेको देबी भगवतीको मन्दिरमा मुर्तिस्थापना गरिएको छ । पबित्र एतिहासिक धार्मिक स्थल देबिस्थानमा लामो समयदेखि ढुंगाको सामान्य मुर्ति रहेकोमा समाजसेवी सुबेदार भूमिराज घर्ति क्षेत्रीको परिवारले ७५ हजार रुपैयाँ बराबरको आकर्षक र कलात्मक देबी भगवतीको मुर्ति स्थापना गर्नु भएको हो ।
चैत्राष्टमी (चैते दशैं) नवारात्रको पहिलो दिन आज देबी भगवतीको मन्दिरमा मुर्ति स्थापना गरिएको हो । स्थानीय डेग बहादुर घर्ति क्षेत्रीको घरबाट भजन किर्तन सहित मुर्तिलाई मन्दिरमा पुर्याइएको थियो । भारतीय सेनावाट सेवानिवृत्त भएपछी क्षेत्रीले धारा पधेरा, विद्यालय, सडक, मन्दिर निर्माणमा उल्येख्य सहयोग गर्दै आउनुभएको छ ।
आज मुर्ति स्थापनासंगै मन्दिरमा नियमित पुजा संचालनको लागी ५ लाखको कोष स्थापना गर्ने अभियानमा आज करिव ३ लाख रुपिया जम्मा भएको यसका अभियानकर्ता डेग बहादुर जिसीले बताउनुभएको छ । आज मुर्ति स्थापना संगै सुबेदार भूमिराज जिसीको परिवारले ७६ हजार रुपैया कोषमा जम्मा गर्नु भएको छ । कोषको रकम ५ लाख पुगेपछी महानवमीको अवसरमा चन्दादातालाई सम्मान संगै नियमित पुजा संचालन गरिने भएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )