१७ चैत २०७८, बिहिबार
देवी जिसी, म्याग्दी ।
म्याग्दीको बेनीमा रोटीका विभिन्न परिकार बनाउने तालिम सम्पन्न भएको छ । बेनी नगरपालिकाको आयोजनामा चैत १३ गते देखि शुरु भएको तालिम आज(बिहिबार) सम्पन्न भएको हो ।बेनि नगरपालिका वडा नं ७ का महिलाहरुलाई लक्षितगरि १ लाख २५ हजारको बजेटमा संचालन भएको सदस्य सर्मिला पुनले बताउनुभयो ।
तालिममा विभिन्न किसिमका रोटिका परिकार खुरमा, फिनी, चिनिरोटि, सेल रोटि, जुम्ले रोटि योम्हरी, रसभरी, निमकिन लगायतका परिकार बनाउन सिकाइएको थियो । बेनपा ७ मा बसोबास गर्ने (पुराना बासिन्दा र अन्यत्रबाट बसाइ सरी आएका समेत गरी ) ३८ जना गृहिणी सहभागी भएका थिए । तालिममा अश्मिता श्रेष्ठले रोटीका परिकार बनाउने तरिका सिकाउनु भएको थियो समग्र तालिम संचालनको संयोजन उर्मिका खड्का केसीले गर्नु भएको थियो ।
तालिम समापनको अवसरमा प्रशिक्षक अस्मिता श्रेष्ठले अहिलेको समयमा बजारमा पाइने अन्य खानेकुरा (जन्कफुड ) भन्दा यसरी आफुले सिकेर बनाउने रोटि खाजाको रुपामा आफ्ना नानिबाबुलाई खुवाउदा स्वस्थकर हुने बताउनुभयो । कार्यक्रममा सहभागी मनकुमारी गिरि, अस्मि महत लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
समापन कार्यक्रम वडा नं ७ का सदस्य सर्मिला पुनको अध्यक्षता,सहभागी मध्ये जेष्ठ नागरिक मनकुमारी गिरीको प्रमुख आतिथ्यता, भावना पौडेलको स्वागत र सरस्वति केसीको संचालनमा सम्पन्न भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )