पर्वत, चैत-६, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अबको शिक्षा व्यवाहारिक र आधुनिक हुनुपर्ने बताउनुभएको छ । पर्वतको जलजला गाउँपालिका–८ नाग्लिवाङ पर्सेमा अवस्थित शिव माध्यमिक विद्यालयको नवनिर्मित ६ कोठे भवन एवम् विद्यालयको ४५ औं बार्षिकत्सव समरोहको उद्घाटन गदै मुख्यमन्त्रीले यस्तो बताउनु भएको हो ।
पोखरेलले सामुदायिक विद्यालयमा भौतिक संरचना बढ्दै जाने तर विद्यार्थीको संख्या घट्दै जाने गरेको बताउँदै उहाँले विद्यालयहरुमा गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो । सामुदायिक विद्यालयहरुको पढाई निजि विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने खालको हुनुपर्ने उहाँको भनाई रहेको छ । त्यसैगरी जलजला गाउँपालिका अध्यक्ष यामवहादुर मल्ल ‘रामकृष्ण’ले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका लागि जलजला गाउँपालिकाले शिक्षामा ठुलो लागनी गरेको जानकारी दिँदै अन्तराष्ट्रिय बजारमा विक्ने खालको प्राविधिक र व्यवसायिक शिषाको विकासमा अग्रसर हुन सबै शिक्षक, अभिभावक र अन्य सरोकारवाहरुलाई आग्रह गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विप्लव हमालले सामुदायिक विद्यालयको शैक्षिक अवस्थालाई सुधार गर्नुपर्ने मुख्य दायित्व नागरिकमा रहेको बताउँदै अभिभावक, शिक्षक र विद्यार्थीहरुको त्रिकोणत्मक सम्बन्धले नै विद्यालयको शैक्षिक गुणस्तरमा बृद्धि हुने बताउनु भयो ।कार्यक्रममा नेपाली काँग्रेसका नेता नवराज गुरुङ, जलजला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्रवहादुर क्षेत्री, विद्याज्याती मा.विका प्रधानाध्यापक रघु आचार्य, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष हरेमवहादुर खत्री लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा साप्ताहिक रुपमा संचालन भएका विभिन्न प्रतियोगिताका बिजेताहरुलाई सम्मान समेत गरिएको थियो ।
विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष हमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका सहप्रध्यानाध्यापक शिवप्रसाद आचार्य, विद्यार्थी बिशाल सुवेदी र विव्यस सदस्य सावित्री केसी र संचालन शिक्षक अमृतप्रसाद सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा चर्चित लोकदोहोरी गायक कृष्णा अखेली, जिवन दाहाल र गंगा पौडेल लगायका कलाकारहरुले सांगीतिक प्रस्तुति दिएका थिए ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )