देवी जिसी
म्याग्दी, फागुन-२३ सोमबार
महालक्ष्मी लाइफ इन्स्योरेन्स धौलागिरि क्षेत्रको एजेन्सी सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
म्याग्दीको बेनीमा शनिबार ११२ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा धौलागिरी क्षेत्रका गतवर्ष र यस बर्षमा उत्कृष्ट कार्य गर्ने एजेन्सी म्यानेजरलाई सम्मान समेत गरिएको छ ।
उत्कृष्ट कार्यगर्ने सिनियर तथा एजेन्सी म्यनेजरहरुलाई प्रमुख अतिथि महालक्ष्मी लाइफ इन्स्योरेन्सका बजार बिभाग प्रमुख प्रसान्तराज धमला, बिशिस्ट अतिथि गण्डकी क्षेत्रीय प्रमुख अखिल धमला र धौलागिरी क्षेत्र प्रमुख जमुना आचार्यले मायाको चिनो प्रदान गर्नु भएको थियो ।
प्रमुख अतिथि प्रसान्तराज धमलाले स्थापनाको हिसावले सबैभन्दा कान्छो जीवन बिमा भएपनि क्रियाशील अभिकर्ता, एजेन्सी म्यानेजर, कर्मचारीका लगावका कारण उत्कृष्ट कारोबार गर्दै नया स्थापना भएका जीवन बिमा कम्पनीहरु मध्ये उच्चतम बोनस प्रदानगर्न सफल भएको बताउदै सबैप्रति आभार प्रकट गर्नुभयो ।
कार्यक्रममा महालक्ष्मी लाइफ इन्स्योरेन्सको आगामी योजना, अवसर र चुनौतीका बारेमा अभिकर्ता, एजेन्सी म्यानेजर कर्मचारी लगायत बिमित र महालक्ष्मी लाइफ इन्स्योरेन्स संग आबद्ध व्यक्तिहरुलाई प्रशिक्षण समेत गरिएको थियो ।
त्यसैगरी कार्यक्रममा शुभ महालक्ष्मी इन्भेस्टमेन्ट प्रालीले युवासंग महालक्ष्मी कार्यक्रम संग समन्वय गर्दै सामाजिक कार्यगर्दै आएको अध्यक्ष दिलमाया बिटालुले बताउनुभयो ।
कार्यक्रम महालक्ष्मी लाइफ इन्स्योरेन्स प्राली धौलागिरि क्षेत्रका प्रमुख जमुना आचार्यको अध्यक्षता, एजेन्सी म्यानेजर श्रीजना श्रेष्ठको स्वागत र युवा संग महालक्ष्मी म्याग्दीका अध्यक्ष देवी जिसीको सन्चालनमा सम्पन्न भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )