जलजला, फागुन-२०, पर्वतको जलजला ५ मा ४५ दिने ढाका बुनाइ तालिम समापान भएको छ । गाउँपालिकाको वडा नं ५ कुवापानिमा संचालन भएको ४५ दिने ढाकाको साडी बुनाइ तालिम १९ गते बिहिबार एक कार्मायक्रमका बीच समापन भएको हो । तालिममा वडाका ९ जना महिला उद्दमीले तालिम लिएका छन् ।
जलजला गाउँपालिकाको संयोजनमा “गरिवी निवारणका लागी लघु उद्दम बिकास कार्यक्रम (मेडेप)” को आयोजनामा संचालन भएको तालिम बिहिबार समापान भएको हो । कुवापानीमा संचालित ४५ दिने ढाकाकाे साढी बुनाई सीप तालिमकाे समापन कार्यक्रममा तालिममा सहभागी भएका उद्दमिहरुले आफैले बुनेका ढाकाका साडी लगाएर कार्यक्रममा उपस्थित भएको देख्दा तालिम सफल भएको अध्यक्ष तिलक जिसीले बताउनुभयो ।
गरिबीको रेखामुनी रहेका विपन्न परिवारहरूका लागि लघु उद्यमको माध्यमबाट गरिबी निवारण तथा रोजगारीका अवसरहरू सिर्जना गर्न सकिन्छ भन्ने मान्यताको आधारमा गरिबी निवारण गर्ने उद्देश्य राखी नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले लघु उद्यम बिकास कार्यक्रम (मेडेप) २० बर्ष सम्म सफल सन्चालन गरी वि.सं. २०७५) मा यो कार्यक्रम वहिर्गमन भैसकेको छ । अहिले यस कार्यक्रम नेपाल सरकार अन्तर्गत गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम (MEDPA) को रुपमा सञ्चालन भैरहेको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )