म्याग्दी, फागुन-१२, म्याग्दीका निजि विद्यालय नेतृत्वका लागी एकदिने पेशागत बिकास तालिम सम्पन्न भएको छ । निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन ) म्याग्दीको आयोजना र एलाइड प्रकाशनको सहयोगमा बेनी नगरपालिका -४ सिंगा तातोपानी स्थित श्रेष्ठ होटल हट स्प्रिंगमा शुक्रबार तालिम सम्पन्न भएको हो ।
तालिममा म्याग्दी प्याब्सनमा आबद्द विद्यालयहरुबाट विद्यालय संचालक, प्रिन्सिपल, भाइस प्रिन्सिपल र तह संयोजकहरु गरी ५६ जना सहभागी भएका थिए । तालिममा कक्षा ब्यबस्थापन, शैक्षिक सामाग्री निर्माण तथा प्रयोगको पुनर्ताजगी लगायतका विषयमा सहजीकरण गरिएको थियो । तालिमको सहजीकरण पिस एजुकेशन प्रा. लीका इश्वर कुमार श्रेष्ठले गर्नुभएको थियो ।
कार्यक्रमको प्याब्सन अध्यक्ष, हिरापुन, प्रशिक्षक इश्वोर श्रेष्ठ, निबर्तमान अध्यक्ष कृष्ण सुबेदी, उपाध्यक्ष सुबाश कुमार श्रेठ, एलाइड प्रकाशन प्रालीका भुवन अधिकारीले संयुक्तरुपमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । उद्घाटन सत्र प्याब्सन म्याग्दीका अध्यक्ष एबम केबी एकेडेमी तथा बोर्डिंग स्कुल दरबांगका संचालक हिरा पुनको अध्यक्षता र माउन्ट एभरेष्ट आवासिय माविका प्रिन्सिपल राजु केसीले संचालन गर्नु भएको थियो ।
त्यसैगरी कार्यक्रममा वेष्ट पोइन्ट कलेज/न्यु वेष्ट पोइन्ट आवासीय माविका प्रिन्सिपल डीबी दाहालले “प्याब्सन कस्तो हुनुपर्छ?” भने बिषयमा अवधारणा पत्र प्रस्तुत गर्नु भएको थियो । भने तालिम समापनको अवसरमा सहभागीको तर्फबाट बुद्ध एकेडेमीका भाइस प्रिन्सिपल राजु किसान, लोक दिप इंगलिस बोर्डिंग स्कुलका प्रिन्सिपल मोहन अधिकारी र वेष्ट पोइन्टका भाइस प्रिन्सिपल कृष्ण जिसीले तालिमको बारेमा मन्तब्य ब्यक्त गर्नु भएको । थियो उहाँहरुले तालिम अत्यन्तै प्रभावकारी भएको र नेतृत्वहरु चार्जर भएकोले तालिमका कुरा विद्यालयका शिक्षकहरुलाई सवलिकरण गरिने बताउनु भयो ।
सहभागीलाई प्रमुख अतिथि शिक्षा बिकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापा, प्रशिक्षक इश्वर श्रेष्ठ, अध्यक्ष हिरा पुन, उपाध्यक्ष सुबास कुमार श्रेष्ठले प्रमाण पत्र वितरण गर्नु भएको थियो । समापन कार्यक्रम प्याब्सन म्याग्दीका अध्यक्ष हिरापुनको अध्यक्षता, शिक्षा बिकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापाको प्रमुख आतिथ्यता र माउन्ट एभरेष्ट आवासीय माविका प्रिन्सिपल राजु केसीको संचालनमा सम्पन्न भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )