जलजला, फागुन-५, जलजला गाउँपालिकामा अन्तर विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले वडा नम्बर ४ स्थित लुङ्दी आधारभूत विद्यालयमा विहिवार ‘‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन’’ विषयक वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको हो ।
१४ विद्यालयका १९ जना विद्यार्थीहरुले सहभागिता जनाएको प्रतियोगितामा अमृत आदर्श प्याराइडाइज एकेडेमीकी छात्रा गरिमा विक प्रथम, शिव मावि जलजला २ का छात्र विशाल सुवेदी द्धितिय र न्यू होराइजन आवशिय माविका छात्रा एञ्जीला सुवेदी तृतिय भएका छन् । विजेता विद्यार्थीहरुलाई पाँचहजार,चारहजार र तिनहजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा ज्योतिमण्डल मावि बासखर्कका छात्रा सोनिया पुन, शान्ति आधारभूत विद्यालय भोटेडाडाका छात्रा मनिषा सुवेदी र विद्याज्योती मावि माझफाँटकी आयुषा पौडेलले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।
वडा नम्बर ४ का वडा अध्यक्ष तथा लुङ्दी आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिष्म मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जलजला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुनार, शिक्षा अधिकृत आचार्य, निर्णयक मण्डलको संयोजक रेग्मी, विद्याज्योती मावि माझफाँटका प्रअ रघुनाथ आचार्य, ग्रामप्रकाश मावि लेखफाँटका प्रअ भवानीसंकर पौडेल, न्यू होराइजन आवशिय माविका सञ्चालक शेषराज रेग्मी, एकिकृत अखिल नेपाल शिक्षक संगठनका शिव सुवेदी, नेपाल शिक्षक संघका माया अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठनका नारायण मल्लले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )