बेनी, माघ-१६, म्याग्दीमा ६९ औं विश्व कुष्ठरोग तथा उपेक्षित रोग दिवस मनाइएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा आइतबार बेनीमा पत्रकार अन्तरक्रिया कार्यक्रम गरी विश्व कुष्ठ रोग तथा उपेक्षित रोग दिवस मनाइएको हो । कुष्ठरोगका लागि हाम्रो प्रतिबद्धता आत्मसम्मानको लागि ऐक्यबद्धता’ भन्ने सन्देशसहित पत्रकारहरु बीच अन्तरक्रिया गरिएको हो ।
स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा कुष्ठरोग के हो, यसका कारण, र यसका उपचार ब्यबस्थापन विषयमा पत्रकारसंग अन्तरक्रिया गरिएको थियो । कोरोना संक्रमणको जोखिम उच्च रहेका बेला सावधानी र स्वास्थ्य शुरक्षाका मापदण्ड अपनाउदै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।
स्वास्थ्य कार्यालय म्याग्दीका कार्यालय प्रमुख एकनारायण लम्सालले म्याग्दीमा कुष्ठरोगको चुनौती बढेर गएको बताउनुभयो । अहिले म्याग्दीमा ९ जनाले नियमित रुपमा कुष्ठरोगको औषधी सेवन गरेको बताउनुभयो । यो रोग पहिचान भएका विरामीले ६ महिना देखि १ वर्षसम्म नियमित औषधी सेवन गरेमा निको हुने कुष्ठरोग फोकल पर्सन गणेश सुबेदीले बताउनुभयो । सुबेदीले कुष्ठरोगको औषधी स्वास्थ्य संस्थाबाट प्राप्त हुने बताउदै रोगको पहिचानसंगै समयमै उपचार गरेर अपांगता हुनबाट जोगिन कृष्ठरोग विरामीलाई स्वास्थ्य कार्यालयले आग्रह गरेको र यहि कुरालाई सवै सामु पुर्याउन संचारकर्मीलाइ आग्रह समेत गर्नुभयो ।
स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार म्याग्दीमा अहिले ९ जना कुष्ठरोगी मध्ये बेनी नगरपालिकामा ३ जना , मालिका गाउँपालिकामा १ जना ,रघुगंगा गाउँपालिकामा १ जना र अन्नपुर्ण गाउँपालिकामा १ जना गरी ६ जना कुष्ठ रोगका विरामी उपचाररत छन् ।बाकी ३ जना अघिल्लो वर्षका विरामी रहेका हुन् ।
स्वास्थ्य कार्यालय प्रमखु एकनारायण लम्सालको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतम, संस्थापक अध्यक्ष घनश्याम खड्काले समेत मन्त्यब्य ब्यक्त गर्नु भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )