बेनी, माघ-५, बेनिनागरपालिकाले कोरोनाको संक्रमण बढ्न थालेपछि नगरपालिका भित्रका विद्यालयहरु माघ १५ गते सम्म बन्दगर्ने निर्णय गरेको छ । बुधबार बसेको बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी बिहिबारदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
नगरपालिका भित्रका विद्यालयका विद्यार्थीहरुमा कोरोना संक्रमण देखिन थालेपछि संक्रमणको चेन ब्रेकगर्न भौतिक उपस्थितिमा पठन पाठन रोक्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जानाकारी दिनुभयो ।
यसैबीच जारी कोरोना खोप अभियानलाई निरन्तरता दिने, छुटेका र दोश्रो डोज लगाउन बाँकी रहेकालाई समेत खोप अभियानमा सहभागी हुन सुचना जारी गरिएको छ। विद्बयालय बन्द रहेपनि बालबच्चालाइ स्वास्थ्य मापदण्ड पालना गराउन र जोखिमबाट टाढा राख्न अभिभावकलाई समेत अनुरोध गरिएको छ ।
आजको बैठकमा नगरप्रमुख हरिकुमार श्रेष्ठ, उपमेयर संजु बरुवाल, वडाध्यक्षहरु सहित सरोवारकाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )