पर्वत, माघ-४, कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण फैलिएपछि पर्वतमा माघ ५ गतेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालय पर्वतले माघ ५ देखि लागु हुनेगरी उक्त आदेश जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय पर्वतका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीद्वारा जारी आदेशमा जिल्लाको शैक्षिक क्रियाकलापदेखि होटल, सेवाप्रदायक निकाय, डिपार्टमेन्टल स्टोर्स, धार्मिक स्थल, यातयात लगायतका फरक फरक क्षेत्रका लागि समयावधि तोकेर आदेश जारी गरिएको छ ।
जारी भएको निषेधाज्ञा आदेशमा जिल्लामा शैक्षिक क्रियाकलाप, सिनेमा हल लगायतका क्षेत्रहरु माघ १५ सम्म बन्द पूर्गण रुपमा बन्र्नेद गर्ने आदेश जारी गरेको छ । त्यस्तै मठ मन्दिरमा नित्य पुजा बाहेक अन्य क्रियाकलाप माघ २९ सम्म बन्द गर्न आदेश जारी भएको छ भने होटल व्यवसाय, डिपार्टमेन्टल स्टोर्स, सेवाप्रदायक निकायहरुमा सेवाग्राहीको अनिवार्य दुवै डोजयुक्त खोपकार्ड देखाएर सेवा दिन आदेश जारी भएको जिल्ला प्रशासन कार्यालय पर्वतका प्रशासकीय अधिकृत नविन सुवेदीले बताउनुभयो ।
आदेशको अवज्ञा गरेमा कानुन बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालय पर्वतले जानाकारी दिएको छ । संक्रमण बढेपनि सर्वसाधारणहरुले बेवास्ता गरेको बताउँदै प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले सवै सजग रहन आग्रह गर्नुभयो । पर्वतमा पछिल्लो समय परीक्षण गरिएका मध्ये झण्डै ७० प्रतिशतमा संक्रमण देखिएको जिल्ला अस्पताल पर्वतका डाक्टर डिबी क्षेत्रीले बताउनुभयो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )