पर्वत, पुष-२८, पर्वत जिल्लामा पुष ३० गते राती देखि लकडाउन गरिने भएको छ । कोरोनाको नयाँ भेरीएन्ट ओमिक्रोनको संक्रमण बढ्दै गएपछि जिल्लामा संक्रमण फैलन नदिन स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्न स्मार्ट लकडाउन गर्न लागिएको हो ।
मंगलबार जिल्ला प्रशासन कार्यालय पर्वतमा बसेको DCCMC पर्वतको बैठकले ३० गते राती १२ बजे देखि अर्को सुचना जारी नभएसम्म लकडाउन गर्ने आदेश जारी गरेको हो । भौतिक रुपमा २५ जना भन्दा बढी जम्मा हुने प्रकारका तालिम, गोष्ठी, सेमिनार, सभा, जुलुस, मेला, जात्रा लगायतका कार्यहरु गर्न रोक लगाउने भएको छ । साथै खोप केन्द्रहरुमा नियमित खोप अभियानलाई प्रभावकारी र जिलाका सबै स्थानीय तहहरुमा निशुल्क एन्टिजेन टेष्ट बुथ स्थापना गरी परीक्षणलाइ तिब्रता दिइने निर्णय समेत गरेको छ ।
माघ सात गतेदेखि सार्वजनिक स्थल होटेल, रेस्टुरेन्ट, सिनेमा हलहरुमा खोप कार्ड अनिवार्य गरिने भएको छ भने विद्यालयहरु माघ १५ गते सम्म बन्द हुने भएका छन् । पर्वतमा अहिले ७ जना सक्रिय संक्रमित रहेका छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )