म्याग्दी,पुष-२३, प्रेस चौतारी नेपाल म्याग्दीको अध्यक्षमा प्रताप बानीयाँ चयन भएका छन । बुधबार बेनीमा सम्पन्न पाँचौ जिल्ला अधिवेशनबाट बानीयाँ सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् ।
शाखाको कार्य समितिको उपाध्यक्षमा समिर रोका, महिला उपाध्यक्षमा देवि जिसी, सचिवमा अमित बिश्वकर्मा, उपसचिवमा बामदेव रिजाल, मनु थापा, र कोषाध्यक्षमा प्रतिक्षा खत्री चयन भएका छन । त्यस्तै सदस्यहरुमा भुपेन बानीयाँ, ममता बराईली, सारिका बोहोरा, दिपा बुढाथोकी, नकुल ढकाल, गंगा पुन, दिपक शर्मा ‘दिपु’ चयन भएका छन् ।
१५ सदस्यीय कार्य समितिमा १ सदस्य पछि मनोनित गरिने अध्यक्ष बानीयाँले जानकारी दिए । अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज, प्रतिनिधि सभा सदस्य भुपेन्द्र थापाले पत्रकारिताले समाज र देश परिवर्तन गर्ने सक्ने तागत राख्ने भएकाले पत्रकार आफ्नो पेशा प्रति सधै संवेदनशिल बन्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटि सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, जिल्ला उपाध्यक्ष बालकृष्ण सुवेदी, प्रेस चौतारीका केन्द्रीय सदस्य तथा पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, प्रेस चौतारी गण्डकी प्रदेश संयोजक सुष्मा पौडेल, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेल बहादुर कटुवाल, अनेरास्ववियुका केन्द्रीय स्थायी कमिटि सदस्य तथा गण्डकी प्रदेश संयोजक प्रकाश पौडेल, पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतम, प्रेस सेन्टर म्याग्दीका अध्यक्ष कमल खत्री, प्रेस युनियन म्याग्दीका अध्यक्ष राकेश शर्माले शुभकामना मन्तब्य ब्यक्त ब्यक्त गरेका थिए ।
कार्यक्रमको उद्घाटन सत्र प्रेस चौतारी म्याग्दीका सहसंयोजक प्रताप बानीयाँको अध्यक्षता र सह संयोजक अमित बिश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )