पर्वत, पुष-२७, कोरोना संक्रमणका कारण पर्वतमा एक जनाको मृत्यु भएको छ । जिल्लाको जलजला गाउँ पालिका वडा नं १ बासखर्ककी ७० वर्षीय महिलाको कोरोनाका कारण ज्यान गएको हो । पुष १६ गते कोरोना संक्रमण पुष्टि भएकी उनको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ३६४ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आइतबार संक्रमण पुष्टि हुनेमा गण्डकीका सात जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ७५ जना, तनहुँका सात जना, गोरखाका छ जना र नवलपुरका नौ जनामा कोरोना पुष्टि भएको छ । यस्तै स्याङ्गजाका आठ जना, बाग्लुङका पाँच जना र म्याग्दी जिल्लाका चार जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )