बागलुङ, पुष-२३, बाग्लुङ्गको एकजना कृषकको खोरमा चितुवाले ९ वटा बाख्रा मारेको छ । जिल्लाको ताराखोला गाउँपालिका वडा नं -१ सिरुवारी बाख्रा फार्ममा चितुवा पसेर आक्रमण गर्दा ९ वटा बाख्रा मरेका हुन् ।
ताराखोला गाउँपालिका वडा नं -१ सिरुवारी बस्ने ४० वर्षीय यम बहादुर रानाले संचालन गरेको ‘राना बाख्रा फार्म’मा बिहीबार राति अन्दाजी २ बजेको समयमा चितुवा पसेर आक्रमण गर्दा ३१ वटा बाख्रा मध्ये ८ वटा बाख्रा र एउटा बोका मरेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।
प्रहरीका अनुसार घटनाको सूचना पश्चात फार्ममा पुगेको प्रहरीको टोलीले क्षतिको मुचुल्का उठाई थप अनुसन्धान गरिरहेको जनाएको छ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )