पोखरा, पुष १२, नियुक्तीको साढे दुई महिनापछि गण्डकीका विनाविभागीय मन्त्री डोबाटे विश्वकर्माले मन्त्रालयको जिम्मेवारी पाएका छन् । गत असोज २५ गते नियुक्त भएका मन्त्री डोबाटेलाई मन्त्रालयको व्यवस्थापन गर्न मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफू मातहतमा रहेको आन्तरिक मामिला फुटाउने भएका छन् ।
गण्डकीमा यसअघि नै १२ जना मन्त्री भएतापनि विनाविभागीय रहेका डोबाटेलाई विभागीय जिम्मेवारी दिन मुख्यमन्त्रीले आफ्नो मन्त्रालय टुक्र्याएका हुन् । यसअघि डोबाटेलाई विभिन्न प्रतिष्ठान हेर्ने गरि जिम्मा दिने र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहत राख्नेसम्मको चर्चा चलेको थियो ।
मन्त्री विक गण्डकीमा पहिलोपटक नियुक्ती पाउने हल्ला चलेर नपाएका सांसद हुन् । उनलाई तेश्रोपटकको मन्त्रिपरिषद् विस्तारमा मन्त्री नियुक्त गरिएको हो । मन्त्री विकका स्वकीय सचिव हिरालाल विकले जिम्मेवारी दिनेबारे मौखिक जानकारी आएको बताए । तर, कहिलेदेखि मन्त्रालय सम्हाल्ने भन्नेबारेमा कुनै निर्णय नभएको उनले जानकारी दिए ।
तत्काल भवन व्यवस्था नहुँदासम्म आन्तरिक मामिला मन्त्रालय त्यही कोठाबाटै सञ्चालन हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतले बतायो । सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काले सोमबारको मन्त्रिपरिषद बैठकले मन्त्रीहरुको कार्यविभाजन नियमावलीको अनुसूची संशोधन गरेको बताए । उक्त संशोधनले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट आन्तरिक मामिला संशोधन गरेको छ । मन्त्रीमा नियुक्त भएपछि विकले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको एक कोठा प्रयोग गर्दै आएका थिए ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )