कास्की, मङ्सिर-२०, चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढि शुल्क लिएको आरोपमा नेकपा एमाले निकट अनेरास्ववियु गण्डकीले मणिपाल कलेजमा तालावन्दी गरेको छ । संगठनका गण्डकी प्रदेश संयोजक प्रकाश पौडेलले मणिपाल मेडिकल कलेज अफ साइन्सले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा वढि शुल्क लिएकाले कलेज प्रशासनमा तालावन्दी गरेको वताए ।
विद्यार्थीलाई मर्का पार्नेगरी कलेजले विभिन्न शीर्षकमा ६ लाखको हाराहारीमा रकम मागेको आरोप अनेरास्ववियुले लगाएको छ । सो रकम घटाउन माग गर्दै आईतवार २४ घण्टे अल्टिमेटम दिएको अनेरास्ववियुले आफ्ना माग पुरा नगरेको भन्दै सोमवारदेखि कलेजको प्रशासनमा अनिश्चितकालिन तालावन्दी गरेको गण्डकी संयोजक पौडेलले वताए ।
विद्यार्थीलाई लुटको शृङ्खला नरोक्ने कलेज प्रशासनको रबैयाले कारण कलेज प्रशासनमा अनिश्चितकालका लागि तालाबन्दी गरेको हो’, अध्यक्ष पौडेलले भने, ‘हाम्रा माग पुरा नभएमा थप कडा आन्दोलन गर्न बाध्य हुनेछौ ।’
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )