पर्वत, मङ्सिर-१७, बिहीबारदेखिको वर्षाले हिमालपारीको जिल्ला मुस्ताङका उच्च पहाडमा हिउँ परेको छ । जिल्लाको उच्च क्षेत्रहरु मुक्तिनाथ तथा लोमन्थाङ लगायतका उच्च पहाडमा हिउँ परेको छ ।
वर्षाको कारण चिसो बढ्नुका साथै हिउ समेत परेको मुक्तीनाथका होटल अन्नपुर्ण इनका सञ्चालक अमृत सुवेदीको भनाई छ । सुवेदी भन्नुहुन्छ–‘अहिलेको समय मौषम खुल्ला हुने तथा हिमसृङ्खलाहरुको अवलोकन गर्न मिल्ने मौषम हो तर हिजो देखिको वर्षाले गर्दा हिमपात तथा बादलले ढाकेको अवस्था छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बिहीबार देखिको हिमपातले गर्दा चिसो बढेको छ । माथिल्लो भेकमा भएको हिमपातको कारणले गर्दा अहिले उपल्लो मुस्ताङको लोमन्थाङ क्षेत्र सञ्चार सम्पर्क बिच्छेद भएकोछ । प्रजिअ शर्माले भन्नुभयो सम्पर्क टुटेको छ, प्रहरीको सञ्चार सेट मार्फत प्रयास भै रहेको भए पनि प्रयास सफल भएको छैन ।
बिस्तारै चिसो बढ्न थालेपछि मुस्ताङ्गीहरु चिसो छल्नका लागि बेसीँ झर्ने समयमा हिमपात हुदा सर्वसाधारणलाई समस्या हुन्छ । मुस्ताङका सर्बसाधारणहरु कार्तिक देखिमंसिर सम्म जिल्ला छाडेर अन्यत्र जाने र फागुन पछि मात्रै जिल्ला फर्कने गर्दछन् ।
कृष्ण जिसी
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )