जलाजला अनलाइन
कोरोना भाइरसको नयाँ भेरियन्टको रूपमा देखिएको ओमिक्रोनविरुद्ध रुसमा खोप बनाउन थालिएको छ। रुसको गामालेया राष्ट्रिय अनुसन्धान केन्द्रले कोरोना भाइरसको नयाँ भेरियन्टअनुसारकै खोपको नयाँ संस्करण बनाउन लागिएको जनाएको छ।
केन्द्रका अधिकारीहरूले कोरोना भाइरसविरुद्ध प्रयोग भएको स्पुतनिक भीलाई नै संशोधन गरेर ओमिक्रोनका विरुद्धमा पनि काम गर्ने बनाउन लागिएको जानकारी दिएका छन्।
उनीहरूले ओमिक्रोनविरुद्ध काम गर्ने खोपको विकास चाँडै नै हुन सक्ने विश्वास पनि व्यक्त गरेका छन्। ओमिक्रोनविरुद्ध काम गर्ने खोपको विकास भएपछि ४५ दिनमै आमनागरिकलाई खोप उपलब्ध गराइने उनीहरूले बताएका छन्। अन्तर्राष्ट्रिय बजारलाई समेत पुग्ने गरी खोप उत्पादन गर्न सकिने उनीहरूको भनाइ छ। रासस/सिन्ह्वा
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )