पर्वत, मंसिर-३, पर्वत जिल्लामा १८ वर्ष भन्दा माथिका सबै नागरिकलाई कोरोना विरुद्दको खोप लगाउन शुरु गरिएको छ । जिल्लाका सातवटै स्थानीय तहका १८ देखि ४५ वर्षका सबै नागरिकलाई खोप लगाउने अभियान शुरु गरिएको हो । अहिले कात्तिक ३० गते देखि नै १८ देखि ४५ वर्ष समुहका सबै नागरिकलाई भेरोसेल खोप लगाउन शुरु गरिएको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।
कार्यालयका अनुसार कात्तिक ३० देखि मंगसिर १ गते सम्म महाशिलामा, मंसिर २ र ३ गते फलेवास नगरपालिका, पैयु गाउपालिका र र बिहादी गाउपालिकामा संचालन गरिएको छ ।
कुस्मा नगरपालिका र मोदी गाउँपालिकामा मंसिर ५ र ६ गते संचालन हुनेछ भने उत्तरी पर्वतको जलजलामा मंसिर ७ र ८ गते लगाउने कार्यक्रम रहेको छ ।
यो उमेर समुहका नागरिकलाई खोप लगाउन पर्वतमा ३५ हजार ८ सय डोज भेरोसेल खोप र आएको छ ।अहिलेलाइ यो डोज पहिलो रहेको र एक महिना पछी अर्को डोज दिइने स्वास्थ्य कार्यालय पर्वतका खोप शाखा प्रमुख जयन्द्र गुरुंगले बताउनु भयो । उहाँका अनुसार खोप अभियान सबै पालिकाका सवै स्वास्थ्य चौकी मार्फत संचालन गरिएको छ ।
पर्वतमा अहिले सम्म ४७ हजार १ सय ४६ जनाले खोप लगाइसकेको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।
जलजलामा खोप लगाइने तालिका
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )