पर्वत, मंसिर-३, पर्वत कांग्रेसको क्षेत्रीय अधिवेशनहरु शुरु भएका छन् । नेपाली कांग्रेसको पर्वतमा प्रदेश सभा स्तरीय २ वटा निर्वाचन क्षेत्रीय कमिटिको अधिवेशन शुरुवात भएको हो । प्रदेश नम्बर क र प्रदेश नम्बर ख गरी २ वटा निर्वाचन क्षेत्रमा कांग्रेसले नयाँ कमिटिको निर्माण गर्नेछ ।
उत्तरी क्षेत्र जलजला, कुश्मा र मोदी गाउँपालिकामा प्रदेश निर्वाचन क्षेत्र क र फलेवास, महाशिला, विहादी तथा पैयू समेत सग्लन्न प्रदेश निर्वाचन क्षेत्र ख मा काग्रेसको अधिवेशन शुरु भएको छ । क्षेत्र न क अन्तर्गत कुश्मा बजारमा अधिवेशन शुरु भएको छ भने क्षेत्र न ख अन्तर्गत पैयूमा अधिवेशनको शुरुवात भएको छ । यी अधिवेशनमा प्रदेश निर्वाचन क्षेत्रको कमिटि गठन गर्नेछन् ।
अधिवेशनमा क्षेत्र नम्बर क मा कृष्ण केसी र राजकुमार क्षेत्रीले सभापति पदमा दावी प्रस्तुत गरेका छन् । यसैगरी क्षेत्र न ख मा भने हरी न्यौपाने र प्रविन गुरुङले क्षेत्रीय सभापति पदमा दावी गरेका छन् । क्षेत्रीय कमिटिका सदस्य तथा प्रदेश प्रतिनिधिहरुमा पनि आकाक्षीहरुको संख्या ठूलो रहेको छ ।
क्षेत्र क का सभापतिका सभापतिका उमेद्वार कृष्ण केसीलाई बिजेताको रुपमा दावेदारको रुपमा लिइएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )