पर्वत, मंसिर-२, पर्वत अस्पतालमा अक्सिजन प्लान्टबाट सिलिन्डरमा भर्ने रिफिल मेसिन जोड्ने प्रक्रिया सुरु भएको छ । जिल्लामा क्रियाशील आठवटा लायन्स क्लब र नेपाल मेडिकल एसोसिएसनको सहयोगमा झन्डै ७५ लाखको लगानीमा नयाँ अक्सिजन प्लान्ट र कम्प्रेसर मेसिनका लागि लायन्स क्लबहरूले ३५ लाख रुपैयाँ लगानी गरेका छन् ।
कम्प्रेसरको जडान कार्य पूरा भएपछि सिलिन्डर भर्नको लागि पोखरा पठाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ । प्लान्ट जडानको प्रक्रिया सुरु गर्न लागिएको तर जडानको काम कहिले सकिन्छ भन्ने यकिन नभएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर ढुण्डिराज पौडेलले बताउनुभयो । यो काम पूरा गर्नका लागि पनि धेरै आवश्यक कुराहरूको व्यवस्थापन आवश्यक छ ।’
विद्युतीय आपूर्तिको व्यवस्था मिलाउन १२ लाख भन्दा बढीको लागत लाग्ने अनुमान गरिएको छ । त्यो खर्च अस्पतालले नै व्यहोर्नुपर्छ । डा. पौडेलका अनुसार जडान गर्न लागिएको प्लान्टबाट एक दिनमा ३५ सिलिन्डर अक्सिजन उत्पादन हुन्छ । तर कम्प्रेसरले एक दिनमा कति सिलिन्डर ग्यास भर्न सक्छ भन्ने कुरा जडानको काम सकेपछि इन्जिनियरले गर्ने प्राविधिक जाँचपछि मात्रै यकिन हुने छ ।
अस्पतालमा यस अगाडि नै जडान गरिएको अक्सिजन प्लान्ट अहिले बिग्रिएको छ । बिरामीलाई अक्सिजनको आवश्यकता भएको अवस्थामा सिलिन्डरमा भरेर ल्याएको अक्सिजन प्रयोग गर्नुपर्ने अवस्था छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )