बेनी, कार्तिक-२९, नेपाल आयल निगमले गरेको मूल्य वृद्धिकाे विराेधमा नेकपा विप्भाेलब समुहले म्यग्दीको बेनीमा राके जुलुश निकालेको छ । नेकपा विप्लव समुहले कार्तिक ३० गते आयाेजना गरेको नेपाल बन्दकाे पुर्व सन्ध्यामा साेमबार साँझ बेनीमा मसाल जुलुस निकालेका हुन् ।
बेनीको पुरानो खाद्य गोदाम स्थित पार्टी कार्यालयबाट जुलुस निकालेका उनीहरुलाई सडकमा आईनसक्दै प्रहरीले हस्तक्षेप गरेकाे थियाे । नेपाल आयल निगमले बुधबार गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै विप्लप नेतृत्वको पार्टीले नेपाल बन्द सहितको विरोधको कार्यक्रम सार्वजनिक गरेको हो ।
चरणबद्ध आन्दोलनका कार्यक्रम अनुसार कात्तिक, २५ गते दिउँसो ३ बजे देशव्यापी विरोध प्रदर्शन, कात्तिक, २६ गते प्रचारप्रसार र साँझ मसाल जुलुस, कात्तिक, २७ गते देशव्यापी प्रदर्शन, दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टा, कात्तिक, २८ गते बिहान १० देखि ११ बजेसम्म १ घण्टा चक्का जाम, कात्तिक, २९ गते दिउँसो सिट्ठी जुलुस, साँझ मसाल जुलुस र कात्तिक, ३० गते नेपाल बन्दसम्मका कार्यक्रमहरू घोषणा गरेका हुन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )